
काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हिमनदी संरक्षण र जलस्रोतको संरक्षणका लागि जोड दिएका थिए ।
शरीफले आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै विश्व पानी दिवस सन् २०२५ का सन्दर्भमा ताजा पानीको आपूर्ति कायम राख्न हिमनदीहरूको महत्त्वपूर्ण भूमिका र यस महत्त्वपूर्ण स्रोतको संरक्षणमा पाकिस्तानले सामना गर्ने चुनौती बारे भेका छन्, “पानी जीवनको आधारशिला हो, हाम्रो अर्थतन्त्र, खाद्य प्रणाली र वातावरणको लागि आवश्यक छ ।”
उनले पाकिस्तानको बढ्दो पानीको चुनौतीलाई प्रकाश पार्दै देश हिमनदी र जलस्रोतमा धेरै निर्भर रहेको बताएका थिए । जलवायु परिवर्तन र मानवीय हस्तक्षेपले विश्वका हिमनदी पग्लने र तालहरू सुक्ने क्रम बढेको छ । “सन् २०२२ को विनाशकारी बाढीको प्रभाव दिर्घकालीन हुनेछ, जसले सिँचाइ प्रणालीमा ठूलो क्षति पु¥याउने र लाखौँ मानिसको जीवन र जीविकोपार्जनमा बाधा पु¥याउनेछ,” उनले बताएका छन् ।जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका दश देशमध्येको एक पाकिस्तानको औसत तापक्रम विश्वव्यापी औसतभन्दा छिटो बढ्ने अनुमान गरिएको छ, जसले पानीसम्बन्धी चुनौतिहरू थप बढाउने प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
शरीफले जल स्रोतको महत्त्वलाई जोड दिँदै जल सन्धिको प्रभावकारी कार्यान्वयनको लागि आह्वान गरेका थिए ।
उनले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको सरकारको ‘रिचार्ज पाकिस्तान’ पहलबारे प्रकाश पारेका थिए । यसले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको छ ।
शरीफले दिगो, पानी–सुरक्षित भविष्यप्रति पाकिस्तानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै हिमनदीहरूको संरक्षण र जलस्रोतको संरक्षण गर्न सामूहिक कार्य गर्न आग्रह गरेका थिए । रासस
COMMENT
.