
चितवन, १६ जेठः नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो । भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल र भारतका १०३ वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएको उक्त कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चिचताबीचको सम्भावना’ विषयमा डा दिनेश गौतम र प्रा डा सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए । सो अवसरमा प्रा डा ए एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो । डा विजयकुमार श्रेष्ठ र प्रा डा रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराएका थिए ।
यस्तै डा सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गरेका थिए । भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका छन् । कार्यक्रममा विहार पोल्ट्री किसान महासङ्घका डा पवनकुमारले विहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासबारे अनुभव सुनाउछन् । सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो ।
पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासका बारेमा छलफल भएको प्रा डा सिंहले बताउछन् । उनले भने, “कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ ।” भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उनको भनाइ छ । कार्यक्रममा पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदयसिंह बायस, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा आइपी ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.