काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट नै उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
बुधबार (हिजो) साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनजना नै भारतीय नागरिक रहेका सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह छन् ।
प्रहरीले यसअघि गएको सोमबार दुई र मंगलबार दुई गरी चारजनालाई पक्राउ गरेको थियो । उनीहरू चारैजना पनि भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूले अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको खुलेको सीआईबीले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार


COMMENT
.