.jpg)
काठमाडौं, २१ चैत – ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिएका थिए।
प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेको छ । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गर्नुभएको भिडियोमा दीपक गिरीले छायाङ्कन गर्नुभएको छ भने युवराज वाइबाले निर्देशन गरेका छन्। गजलप्रति टिप्पणी गर्दै गीतकार शङ्कर कोइरालाले शब्दमा नयाँ प्रयोग र एक पङ्क्तिको यस गीतले उडायो सपना सबै हुरीले भन्ने गजललाई पुनः स्मरण गराएको बताएका थिए । उनले रचना, गायन र सङ्गीतका दृष्टिले यो उत्कृष्ट छ भनेका थिए।
गायक मुरलीधरले उत्कृष्ट शब्द सङ्गीत तथा थोरै शब्दको गीत सुन्दर रहेको टिप्पणी गरेका थिए । यो गीत एस म्युजिकले युट्युबमा पनि राखेको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.