काठमाडौं, चैत १६ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको जरिवाना तोक्ने निर्णयलाई हास्यास्पद भएको टिप्पणी गरेका छन् ।हिजो राजावादीहरुले काठमाडौंमा गरेको प्रदर्शनमा तोडफोडमा उत्रिएपछि क्षति मूल्यांकन गरेर महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।
त्यसबारे उनले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो स्टन्ट भयो । मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला र ? म अलमलमा छु ।’थापाले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह गरेका छन् ।
‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो’, उनले भनेका छन्, ‘पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.