
मोरङ, २० वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको प्रयोगले प्रदेश सरकार र अन्तर्गतका निकायबाट प्रदान गरिने सेवामा सुशासन एवं पारदर्शिता कायम गर्न सहयोग पुगेको बताउछन् ।विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा उनले यस्तो बताउछन् ।
मुख्यमन्त्री कार्कीले दिवसको शुभकामना दिँदै सञ्चारकर्मीले सत्यतथ्य विवरणसहितको सूचना आमजनतासमक्ष पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । अँध्यारो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आमनागरिकमाथि हुने साइबर हमला कुनै हालतमा सह्य नहुने भन्दै उनले नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न काुननको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको महत्वपूर्ण सहभागितामा शुक्रबार सम्पन्न प्रदेश लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडका ४६ परियोजनाले प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जनामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरूले कलमका माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत, बालबाल विवाह, महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सूचनाको हकका क्षेत्रमा योगदान गर्ने दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । रु एक लाख १०० राशीको सूचनाको अधिकार पुरस्कारबाट किशोर बूढाथोकी र नगद रु २५ हजार २५ को सूचनाको हक प्रोत्साहन पुरस्कारबाट राष्ट्रिय समाचार समिति सुरुङ्गाका प्रतिनिधि सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ । यसैगरी अग्रज पत्रकार एवं महासङ्घका मोरङका पूर्वअध्यक्ष यज्ञ शर्मालाई सम्मान गरिएको छ ।
महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत, महासङ्घ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, महासङ्घ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्वप्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेलगायतले सार्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहुँच बढाउन पुरस्कारले सहयोग पुर्याएको बताएका थिए ।
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि स्व विनयकुमार कसजु, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, गजेन्द्र बूढाथोकी र काशीराज दाहाललाई प्रदान गरिएको थियो । यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी नेउपाने, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.