
काठमाडौं, १५ वैशाखः साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ आफ्नो लागि विशेष रहेको अभिनेता सौगात मल्लले बताउनुभएको छ । यही वैशाख २६ देखि सार्वजनिक प्रदर्शन हुने सो चलचित्रको प्रचारप्रसारका क्रममा अभिनेता मल्लले साहित्यकार राईले लेख्नुभएको कथा मन परेकाले रङ्गमञ्चमा धेरै पटक अभ्यास गरेको बताएका थिए ।
“यो कथाको विभिन्न पात्रका बारेमा धेरै पटक कल्पना गरेको छु, खासमा मैले पहिल्यै यो कथा पढेको थिएँ । त्यतिबेला कथाको पात्रजस्तो हालत भयो भने के हुन्छ होला भन्ने लाग्थ्यो । असाध्यै मन परेपछि अभिनय गरेको यो चलचित्र कहिले चल्ला भनी पर्खी बसिरहेको छु”, अभिनेता मल्लले भने । उनले यो चलचित्रलाई लिएर सम्पूर्ण समूह नै उत्साहित रहेको बताउनुभयो । छायाङ्कनदेखि प्रदर्शन हुने समय नजिकिँदै गर्दा अर्का अभिनेता अनुपविक्रम शाही निकै उत्साहित रहेको अभिनेता मल्लले महसुस गर्नुभएको छ ।
“छायाङ्कनको समयमा हाम्रो बसाइ नजिकै थियो, रातभर अभिनेता शाहीले आफ्नो भूमिकाको अभ्यास गर्नुहुन्थ्यो । उनले यस्तो मेहनत यसअगाडि गरेको थाहापाएको छैन । यसकारण यो मेरा लागि मात्र नभई सबै कलाकारका लागि खास छ”, अभिनेता मल्लले भने । सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता शाहीले जानकारी दिएका थिए । उनले भने, “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको ‘पात्र’ यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ ।”
चलचित्रमा अभिनेताद्वय मल्ल र शाहीसँगै अभिनेत्री गिताञ्जली थापा मुख्य भूमिकामा हुनुहुन्छ । निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार भएको जानकारी दिएका थिए । उनले भने, “हामीले कथा पढेका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ । यसको पात्रलाई कलाकारले जीवन्त बनाउन गर्नुभएको मेहनतले म जस्तो नयाँ चलचित्रकर्मीलाई ऊर्जा मिलेको छ ।” उक्त चलचित्र निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले जानकारी दिएका थिए । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेका थिए । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.