• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१५ माघ २०८१, मङ्गलवार
28

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको हो ।

आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार एक  हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

COMMENT

.