
सुदूरपश्चिम, १३ वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको छ । मुख्यमन्त्री शाहले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै मित्रराष्ट्र भारत सरकारको औपचारिक निमन्त्रणामा यही वैशाख १६ देखि २२ गतेसम्म भ्रमणमा जाने जानकारी दिएका थिए ।
उनले भने, “नेपालको इतिहारसमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ, प्रदेश सरकारले यसलाई उपलब्धिको रूपमा लिएको छ ।” भ्रमण टोलीले प्रदेश सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका साथै ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा भारतीय पक्षसँग छलफल गर्ने उनले जानकारी दिएका थिए ।
टोलीले भारतको दिल्ली, देहरादून, अयोध्या, लखनउलगायत ठाउँको भ्रमण गर्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । भ्रमण तालिका अनुसार भ्रमण टोली पहिलो दिन काठमाडौँबाट हवाई मार्ग हुँदै दिल्ली पुग्नेछ । दिल्लीमा सङ्घीय मन्त्रीसँग भेटवार्ता गरेपछि विवेकानन्द अन्तरराष्ट्रिय फाउण्डेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
त्यसपछि टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेटवार्ता पश्चात उत्तर प्रदेशको राजधानी लखनउबाट स्थलमार्ग हुँदै कैलालीको धनगढी आइपुग्ने कार्यक्रम तय भएको मुख्यमन्त्री शाहले जानकारी दिएका छन् । मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का झपटबहादुर साउद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जितु उपाध्याय, स्वकीय सचिव रामबहादुर विष्ट सहभागी हुनुहुने छ ।
आगलागी पीडितलाई आर्थिक सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा आज बिहान भएको आगलागी पीडितलाई तत्काल रु १० लाख सहयोग गर्ने भएको छ । धनगढीमा आज बसेको प्रदेश सरकार, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायतास्वरुप रु १० लाख सहयोग गर्ने निर्णय गरेको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले साँफेबगर नगरपालिका, हाटबजारका प्रेम खड्काको ममः सेन्टरमा आज बिहान ३ः४५ बजे विद्युत्को तार ‘सट’ भई आगलागी भएको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको जानकारी दिएका थिए ।आगलागीबाट प्रेम खड्कासहित गङ्ग कुँवर, मकर कुँवर, टीका कुँवर, ज्ञानेन्द्र कुँवर, दीपक सुनार, भीम कुँवर, सुमन कुँवर, किशोर भाट र सुरेश कुँवरको पसल जेलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिएका छन् । उनका अनुसार १० वटा पसलमा लागेको खागोका कारण रु तीन करोड ८६ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.