काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान खुलेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार भएको उक्त हमलामा रूपन्देहीको बुटवल– ११ कालिकानगरका सुदीप न्यौपाने मारिएको पुष्टि भएको जानकारी दिइन् ।
बन्दुकधारीको समूहले बाटोमा हिँडिरहेका न्यौपानेलाई एक्कासि गोली हानेको थियो । घटनामा न्यौपानेकी आम रिमा घाइते भएकी थिइन् । राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘कश्मीरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटवल– ११, कालिकानगर रूपन्देहीका सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै सो आतङ्ककारी हमलामा परेर घाइते हुनुभएकी उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
न्यौपाने आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका थिए ।मन्त्री राणाले घटना बारे थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जनाएकी छिन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो


COMMENT
.