
दमौली (तनहुँ), २७ फागुन – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताएका छन् । व्यास नगर ब्याडमिन्टन क्लबले व्यास नगरपालिका–३ बिपी वन वाटिकामा निर्माण गरेको कभर्डहलको आज उद्घाटन गर्दै उहाँले खेलकुदमा लागेर खेलाडी बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएकामा खुसी व्यक्त गरेका छन्।
“खेलकुद शारीरिक, मानसिक विकासका लागि मात्र नभइ खेलाडीको जीवनयापन गर्ने बलियो माध्यमको रूपमा विकास हुँदै गएको छ”,मन्त्री चौधरीले भन्नुभयो,“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहँदै आएको छ तर आज आर्थिक उपार्जनको आधार बन्दै गएको छ । यो खुसीको कुरा हो ।”नेपालमा केही समय पहिला भएको एनपिएल क्रिकेटले खेलाडीको आर्थिक जीवनस्तर सुधारका लागि महत्वपूर्ण काम गरेको र अब खेलाडी दिगो रूपमा यही खेलमा लागेर बाँच्न सक्ने अवस्था बनिरहेको उनको भनाइ थियो ।
मन्त्री चौधरीले कतिपय नेपाली खेलाडीले विदेशमा खेलेर देशको नाम उचो राख्न र आफ्नो आर्थिक अवस्था सुधारका लागि राम्रो आम्दानी गरिरहेका बताएका छन्। “खेल क्षेत्रमा लागेकाहरूले अब निराश बन्नुपर्ने अवस्था छैन । सरकारले पनि सीमित आर्थिक स्रोतका कारण खेल क्षेत्रको विकासमा उल्लेख्य प्रगति गरिसकेको छैन । यसका बाबजुद सरकारले यस क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ”, उनले भनेका छन्। गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले जिल्लामा खेलकुदका पर्याप्त पूर्वाधार नभएकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिएका छन्। व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको बताएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विश्व बाँस्तोला, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतले खेलकुद राष्ट्र चिनाउने महत्वपूर्ण माध्यम भएकाले यसमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिएका छन् ।
व्यास नगरपालिकाको आर्थिक सहयोगमा कभर्डहल निर्माण गरिएको व्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिएका छन् । उनले व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ सहयोग अन्य नगद सहभागिता र श्रमदान गरी रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको हो । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.