भक्तपुर, १७ वैशाख – सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि आज अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चार वटै ढोका खुल्ला गरेर मन्दिर भित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशरण बस्नतले जानकारी दिएका थिए ।
आज बिहान ४ बजेदेखि चार वटै ढोका खुल्ला गरी दर्शनार्थीलाई मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको उनले बताएका थिए । समितिले अक्षय तृतीयाका दिन, भदौ ६ गते, महाशिवरात्रिमा गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गर्दै आएको छ ।
मेलामा भीड व्यवस्थापनका ४० जनालाई स्वयंसेवक परिचालन गरिएको छ । दर्शनार्थीलाई लाइनमा लागेको ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.