
काठमाडौं, १८ वैशाखः बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ । वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक डा स्वामी केशवानन्द गिरीले बताएका थिए ।
पुस्तकको पाठ एकमा कुमारीवन्दना, जानकीवन्दना, पृथ्वीवन्दना, बुद्धवन्दना, गोवन्दना, गण्डकीवन्दना, किरातेश्वरवन्दना, भैरववन्दना, प्रकृतिवन्दना, वैदिकस्तुति, हिमालयवन्दनालगायत विषयवस्तु राखी बालबालिकालाई आदरसम्मान भावको विकास गर्ने उद्देश्य राखिएको छ । यसैगरी पाठ दुईमा स्वच्छता, शास्त्रको मर्यादा, मित्रता, बुद्धको जीवनी, गाई, कालीगण्डकी, देवालयको प्रातःकालीन भ्रमण, नित्य विद्याभ्यास, बगैँचाको हेरचाह, शयननियम, षट्कर्मलगायत विषयसम्बनधी जानकारीमूलक सामग्री समावेश गरिएको छ ।
पुस्तकको पाठ तीनमा बालिकासम्मान, बोट वनस्पति, क्षमाशीलता, गाली आफैँतिर, गाईको सेवा, नदी स्नान, मुन्धुमका आचारपक्ष, सरसफाइ, सम्पदाको संरक्षण, आफ्नो धर्मको पालना, कर्मनिष्ठालगायत विषय राखिएका छन् । पाठ चारमा गुन्युचोली, तुलसीविवाह, संसार साझा घर, पञ्चशील, कामधेनु, नदीमा तोरण तार्ने, किराँत संस्कृतिमा शिवपार्वती, कुकुरपूजा, रक्षाबन्धन, असारको पन्ध्र, मकरसङ्क्रान्तिजस्ता उपयोगी एवं जानकारीमूलक सामग्री समावेश गरिएको छ ।
पाठ पाँचमा पौराणिक विषयसँग सम्बन्धित ११ वटा कथा राखिएका लेखकले जानकारी दिएका थिए । कुमारीको उत्पत्ति, जानकीको उत्पत्ति, पृथ्वीको जन्म, धैर्यधन, अनुमति, यक्षसंवाद, पाशुपतास्त्र, भैरवको शक्ति, बालागुरु षडानन्द, जुठो पानी, मिल्दा साथीजस्ता विषय राखिएको छ । आवरणसहित एक सय २४ पृष्ठको पुस्तकले बालबालिकालाई अनुशासनमा हिँड्नसमेत प्रेरणा दिने विश्वास गरिएको स्वामी केशावनन्दले बताउछन् ।
पुस्तक विमोचन कार्यक्रममा स्वामी केशवानन्दले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले संस्कार शिक्षा भाग एकलाई पाठ्यक्रममा समावेश गरेको जानकारी दिएका थिए । संस्कार शिक्षाको तेस्रो भाग पनि अन्तिम चरणमा पुगेको सो अवसरमा उनले बताउछन् । कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका अध्यक्ष दीपक रिमालले प्रत्येक घर र विद्यालयमा संस्कार शिक्षाका पुस्तक पु¥याएर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताएका थिए ।
भाना फाउन्डेसनकी अध्यक्ष श्रीमती नानीबाबा रिसालले संस्कृतमा जति ज्ञान अन्यत्र नभएकाले संस्कार शिक्षा प्रकाशनका लागि फाउन्डेसनले सहयोग गरेको बताउछन् । फाउन्डेसनका कार्यकारी अतुल्य रिसालले पिता भाष्कर रिसाल र आमा नानीबाबाको नाममा खोलिएको संस्थाले आध्यात्मिक जागरणमा काम गरिरहेको जानकारी दिएका थिए । सो अवसरमा संस्कार शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.