
काठमाडौं, ९ चैत – विश्व कविता दिवसका अवसरमा शुक्रबार आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिको प्रमुख आतिथ्यमा भएको महोत्सवमा कविता प्रतियोगिता पनि भएको थियो ।
साहित्य सदन नेपालले आयोजना गरेको प्रतियोगितामा नुवाकोटकी एलिसा एकलास प्रथम, भक्तपुरका भीष्मराज काफ्ले द्वितीय, पर्वतका तारानाथ पराजुली, उदयपुरका जीवन आरोही र मोरङका सोमनाथ दाहाल तृतीय भएकाछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नोई क्रमशः रु ३० हजार, रु २० हजार र तृतीय रु १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।प्रतिष्ठानका अर्का पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकार निनु चापागाईं, आयोजक समितिका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले प्रत्येक वर्ष विश्व कविता दिवसका अवसरमा यस्ता कार्यक्रम आयोजना हुनु साहित्यानुरागीका निम्ति हर्षको विषय भएको बताएका थिए।
कार्यक्रममा पाँच जना पुरस्कृतसहित २२ जना अतिथि कविहरूले कविता प्रस्तुत गरेका थिए । अतिथि कविहरूमा सविता बराल, मातृका पोखरेल, राजेन्द्रप्रसाद अधिकारी, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, भुवनहरि सिग्देल, कल्पना भट्टराई, डिल्लीप्रसाद ‘मूलतिहुन’, अमर गिरी, भैरवी भूगोल, रेजिना आपगाईं, बाजुराम पौडेल, अर्जुन पराजुली, विन्दु शर्मा, प्रज्ज्वल अधिकारी, रजनी ढकाल, हीरामणि दुःखी, जगदीशचन्द्र भण्डारी, गौरी देवकोटा, लक्ष्मण गाम्नागे, रामचन्द्र दाहाल, निर्मलरमण पराजुलीलगायत थिए। रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.