.jpg)
काठमाडौं, १४ वैशाख – सुडी समाज काठमाडौंको आज यहाँ सम्पन्न १४औँ वार्षिक साधारणसभाले शीतलप्रसाद महतोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभाले समाजको प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी र उपाध्यक्षमा विनय गामीलाई चयन गरेको छ ।
महासचिवमा डा प्रकाशचन्द्र पञ्जियार, सचिवमा वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ र सह–कोषाध्यक्षमा अञ्जु चौधरीलाई चयन गरिएको छ । सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना तथा दृष्टिकोण आवश्यक रहेको उल्लेख गरेका थिए । उनले अनुशासित, मर्यादित समाजको निर्माण गर्न हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित र समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
समाजका पूर्वअध्यक्षद्वय प्रा डा रामनन्दनप्रसाद चौधरी र डा अशोक महासेठ, समाजका अग्रज डा शङ्करप्रसाद सुडीलगायतले सुडी समुदाय र जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् । समाजका उपाध्यक्ष अनिता निराला र समाजका अगुवा डा वैजनाथ महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोडमा दिएका थिए ।
समाजका नवनिर्वाचित अध्यक्ष महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सुडी समुदायका व्यक्तिहरूबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौँ २०५८ सालमा स्थापन भएको हो । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.