काठमाडौं– शिक्षक प्रदर्शनमा राजावादी घुसपैठ हुन सक्नेभएपछि आइतबार शिक्षकहरूले १९औँ दिनको आन्दोलन २ घण्टा नबित्दै समापन गरेका छन् । राजावादी आन्दोलनका कारण १९ दिनदेखि जारी शिक्षकहरूको आइतबारको प्रदर्शन प्रभावित भएको छ । माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए ।
आइतबार राप्रपाले त्यही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि बिहान ९ बजेदेखि १२ बजेसम्मका समयावधि तोकिएको थियो । तर राजावादी आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै १९औं दिनको आन्दोलनका कार्यक्रम सकेका हुन् ।
शिक्षकहरूले युनिफर्म र आईडी कार्ड अनिवार्य लगाउनुपर्ने उर्दी गरेका थिए । सोमबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नियमित प्रदर्शन हुनेछ । विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित १९ दिनदेखि माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.