• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

शिल्पालाई चार करोडको घर दिएर डेरा सरे छवि ओझा

८ माघ २०८१, मङ्गलवार
43

काठमाडौं – निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको सम्बन्ध विच्छेदको मुद्धा किनारा लागेको छ । जसअनुसार छविले शिल्पालाई चार करोड पर्ने काठमाडौंको गौरी गाटमा रहेको घर दिएका छन् । भने आफू भाडा डेरा लिएर बसेका छन् । योसँगै उनीहरुबीच करिब पाँच वर्ष लामो सम्बन्ध विच्छेदको मुद्धा पूर्ण रुपमा टुंगीएको छ ।

अहिले दुवै जना आआफ्नो बाटो लागि सकेका छन् ।  उनीहरुबीच अंश भण्डा दशै अगाडी नै भएको थियो । दुवैले यस विषयलाई गोप्य नै राख्न चाहेका थिए । अंशबन्डाको कानूनी प्रक्रिया जारी रहँदा छविले आफ्नो सम्पत्ति उपभोग गर्न पाइरहेका थिएनन् भने उनको बैंक खाता पनि रोक्का थियो । शिल्पा ४० लाख रुपैयाँ आफैंले खर्चेर मर्मतसम्भार गरेपछि सो घरमा सरिसकेकी छन् । छविले आफूभन्दा उमेरले ३० वर्ष कान्छी शिल्पासँग २०७३ साल असार २९ गते गोप्य रुपमा विवाह गरेका थिए ।

२०७६ साल असारमा शिल्पाले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । विभिन्न मिडियामा रुँदै अन्तर्वार्ता दिएर उनले छविबाट घरेलु हिंसामा परेको दाबीसमेत गरेकी थिइन् ।सोही वर्ष शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद र मानाचामलको मुद्दासमेत हालिन् ।

२०७९ सालमा अदालतले शिल्पाको पक्षमा फैसला सुनायो । अदालतले डिभोर्सको माग स्वीकार्दै छविले आफ्नो आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने आदेश गरेका थियो । छविले अदालतमा आफ्नो १० करोड ऋण देखाएका थिए । अंशबन्डामा कुरा नमिल्दा लामो समयसम्म मुद्दा किनारा लाग्न सकेको थिएन । 

COMMENT

.