
काठमाडौं – घरमै पसेर एक व्यक्तिले चक्कुले आक्रमण गरेपछि बलिउड अभिनेता सैफ अली खान र उनको परिवारलाई प्रहरीले सुरक्षा दिइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता सैफलाई भएको घातक आक्रमणपछि उनको परिवार डराएको छ। यसैले घटनाको अनुसन्धान पूरा नहुँदासम्मका लागि मुम्बई प्रहरीले सैफको परिवारलाई सुरक्षा प्रदान गरिरहेको हो। सैफ अली खानलाई यही जनवरी १६ राति अबेर मुम्बईको बान्द्रास्थित उनकै घरमै एक व्यक्तिले चक्कुले हानेका थिए।
छ ठाउँमा चक्कु प्रहारपछि गम्भीर घाइते भएको उनी ५ दिन अस्पताल भर्ना भई डिस्चार्ज भएका थिए। आक्रमणमा संलग्न आरोपमा प्रहरीले बंगलादेशका बासिन्दा ३० वर्षीय मोहम्मद शरिफुल इस्लाम शहजादलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ। जनवरी १६ मा सैफ अली खानको घरमा पसेर चोरले उनलाई आक्रमण गरेको थियो ।
आक्रमणकारीले सैफलाई छ पटक छुरा प्रहार गरे । यसपछि सैफ बसेको अपार्टमेन्ट मुनिबाट भजन सिंह राणाले राति करिब २ः३० बजे अभिनेतालाई लीलावती अस्पताल पुर्याइदिएका थिए । अस्पतालमा सैफको दुईवटा शल्यक्रिया भएको बताइएको छ ।
५ दिन अस्पताल बसेर अभिनेता घर आइसकेका छन् । मुम्बई प्रहरीले आक्रमणकारी भनिएका मोहम्मद शरीफुल इस्लाम शहजादलाई जनवरी १९ मा ठाणेबाट पक्राउ गरेको थियो । यसपछि आरोपीलाई अदालतमा पेस गरिएको छ । हाल उनी पाँच दिनको प्रहरी हिरासतमा छन् ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.