काठमाडौं – भारतमा यति बेला संसारलाई निराश बनाउने खबरले चर्चा भाइरहेको छ । हनिमनुका क्रममा भारतीय युवक राजा रघुवंशीको हत्या भएको र उनकै पत्नी सोनम पक्राउ परेको घटनाले त्यहाँ अहमदाबाद विमान दुर्घटना र इरान(इजरायल) युद्धलाई समेत ओझेलमा पारिरहेको छ। सोनमले प्रेमी राज कुशवाहासँग जान हनिमुनको बहानामा पति राजालाई मध्य प्रदेशस्थित इन्दौरबाट मेघालय पुर्याई भाडाका मानिस लगाएर मारेको आरोप छ।
यस क्रममा उनले कन्ट्र्याक्ट किलरहरूलाई २० लाख रुपैयाँ दिएको दाबी गरिएको छ। नवभारत टाइम्सका अनुसार पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार मे २३ मा फोटोसुटको बहानामा सोनमले आफ्ना पति राजालाई कोरसा क्षेत्रको पहाडमा लगिन्। अनि सोनमले थाकेको नाटक गरिन् र उनको पछिपछि हिँड्न थालिन्। तीन युवक राजासँगै हिँडिरहेका थिए।पहाड चढ्दै जाँदा ती युवकहरूले राजा मार्न अस्वीकार गरे। यसपछि सोनमले राजाको पर्सबाट १५ हजार रुपैयाँ निकालेर दिइन् र भनिन्, ‘तिमीहरूले उसलाई मार्नैपर्छ। काम सकिएपछि म २० लाख रुपैयाँ दिन्छु।’ मिडिया रिपोर्टका अनुसार, सोनमले विवाहमा पाएका गहना पनि आफूसँगै लिएर गएकी थिइन्। उनले राजालाई सुनको सिक्री लगाउन पनि दबाब दिएकी थिइन्।
सोनमको बैंक खातामा २० लाख रुपैयाँ थियो। उनको एटीएम कार्ड पनि थियो। यही आधारमा सोनमले राजाका हत्याराहरूलाई पैसा दिने वाचा गरेको हुन सक्ने अनुमान गरिएको छ।


COMMENT
.