काठमाडौं, १६ वैशाख – भारत भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । डा भट्टराईको सचिवालयका अनुसार उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गर्नुभएको थियो । सो भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएकोे जनाइएको छ ।
सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गर्नुभएको थियो । डा भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा हुनुहुन्छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
क्रिकेट
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
१२ मंसिर २०८२, बिहिवार
समाचार
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
१२ मंसिर २०८२, बिहिवार


COMMENT
.