तनहुँ, ३० वैशाख – प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा परिवर्तन बरालले जानकारी दिएका थिए । अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन)गर्नुपर्ने महिलालाई रेफर पठाउनुपर्ने बाध्यता रहेको उनले बताएका थिए ।
गाइनोलोजिष्ट कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल जानुभएपछि विशेषज्ञ सेवा प्रभावित भएको डा बराल बताउछन् । उनले भने, “गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु, तर सुनुवाइ हुन सकिरहेको छैन ।” अस्पतालमा ‘सजनर्’ नहुँदा दैनिक कम्तीमा एक जनालाई बाहिर पठाउनु बाध्यता छ । आवश्यकताका लागि विज्ञापन प्रकाशित गरे आवेदन नपरेको डा बरालले बताएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.