
काठमाडौं – भारतमा चलिरहेको महाकुम्भ मेलामा इन्दौरकी एक माला बेच्ने महिला आफ्नो सुन्दरताका कारण भाइरल भएकी छन् । मोनालिसा नाम उल्लेख गरिएकी ति महिला भारतको मध्य प्रदेशको इन्दौरकी हुन् ।
सामाजिक सञ्जालमा उनको तुलना मोनालिसासँग भइरहेको छ । मोनालिसा भाइरल हुनुको कारण उनको सुन्दर आँखा हो, जसले मानिसहरूको ध्यान आकर्षित गरिरहेको । उनले महाकुम्भ मेलामा सबै रुद्राक्ष र क्रिस्टल माला बेच्ने काम गर्थिन् । तर उनी अहिले आफ्नो घर इन्दौर फर्किसकेकी छिन् ।
भाइरल भएपछि फोटो खिच्न र अन्तर्वार्ता लिन दिनभर युट्युबर लगायतको भिड लागेपछि उनी त्यहाँबाट फर्किएकी हुन् । दैनिक भास्करसँगको कुराकानीमा उनले भाइरल भएपछि आफ्नो व्यपार चौपट भएको र भाडा समेत अरुलाई मागेर फर्किएको बताएकी छन् । महाकुम्भमा मोनालिसा बसेको टेन्टमा समेत मानिसहरु प्रवेश गरेपछि अवस्था तनाव ग्रस्त समेत बनेको थियो ।
मोनालिसा भाइरल भएपछि मानिसहरु उनको नाम, परिवार, पारिवारिक पृष्ठभूमि, जीवन आदि बारे जान्न उत्सुक छन् । उनी यति भाइरल भएकी छिन् कि अहिले उनलाई सिधै फिल्मको अफर समेत आएको छ ।
चलचित्र निर्माता सनोज मिश्रले आफ्नो आगामी चलचित्र द डायरी अफ मणिपुरमा मुख्य अभिनेत्रीको रुपमा काम गर्न उनलाई प्रस्ताव समेत गरेका छन् । मोनालिसा र उनको परिवारले यो फिल्म गर्न राजी भएका छन् । महाकुम्भ मेलामा रातरात भाइरल भइकी मोनालिसाको जिवन पनि अव परिपवर्तन हुने धेरैले अनुमान गरेका छन् ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.