काठमाडौं, २४ चैत – राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेको हो।
शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको थियो ।रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.