दमौली (तनहुँ), १९ वैशाखः शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् । केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा
निःशुल्क इसिजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो । हृदयरोग केन्द्रका ११ जनाको स्वास्थ्यकर्मी टोलीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए । जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति हृदय केन्द्रमा जान सुझाव दिइएको थियो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
क्रिकेट
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
१२ मंसिर २०८२, बिहिवार
समाचार
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
१२ मंसिर २०८२, बिहिवार


COMMENT
.