![](https://htcmedia.com.np/uploads/post_photo_1734426336.jpg)
एजेन्सी – रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ । रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताए ।
प्रवक्ताले भने,“अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन् ।”
पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ ।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.