• २ साउन २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

‘आइरन लेडी’ पूर्णिमा श्रेष्ठ बनिन् विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सर

२ साउन २०८२, बिहिवार

काठमाडौं – दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको अग्रणी किचनवेयर ब्रान्ड विनोद कुकवेयर ईन्डियाले नेपालको चर्चित पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई आफ्नो ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको छ।

नेपालमा 'आइरन लेडी' भनेर परिचित श्रेष्ठले हालै १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन्। पाँच पटक सगरमाथा चढिसकेकी उनले ८ वटा ८,००० मिटरभन्दा अग्ला शिखरहरू पनि सफलतापूर्वक आरोहण गरिसकेकी छन्। उनको आत्मविश्वास, अनुशासन र लगनशीलता नेपाली महिलाको सशक्त प्रतिनिधित्व हो, जसले भान्सादेखि शिखरसम्मको यात्रा देखाउँछ।

विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू नेपालमा भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि मार्फत उपलब्ध छन्। कम्पनीका अनुसार, पूर्णिमा श्रेष्ठसँगको सहकार्यले ब्रान्डको उपस्थिति र उपभोक्तासँगको भावनात्मक सम्बन्ध थप बलियो हुने विश्वास लिइएको छ।

विनोद कुकवेयर ईन्डियाका “विनोद कुकवेयर” र “क्राफ्ट” नामक दुई प्रमुख ब्रान्डहरू छन्। यी ब्रान्डहरूले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन र प्रेशर कुकिङ प्रविधियुक्त किचनवेयर उत्पादन गर्दै आएका छन्। कम्पनीले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर, नवप्रवर्तन, कार्यशीलता र स्मार्ट डिजाइनमा विशेष ध्यान दिँदै आएको छ।

कास्ट आइरन रेन्जमा पनि विनोद कुकवेयरको छुट्टै स्थान रहेको छ। यो रेन्ज रासायनिक कोटिंग रहित, प्रि–सीजन गरिएको र प्राकृतिक नन–स्टिक सतहयुक्त टिकाउ संरचनायुक्त रहेको छ, जसले नियमित भान्साका लागि भरपर्दो विकल्प प्रदान गर्छ।

विनोद कुकवेयर ईन्डियाले नेपालका उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्यवर्धक किचनवेयर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। कम्पनीका प्रवक्ता रमेश श्रेष्ठका अनुसार, उपभोक्ताले यस ब्रान्डको किचनवेयर खरिद गर्दा त्यसअनुरूपको भन्दा बढी सन्तुष्टि प्राप्त गर्नेछन्।


COMMENT

.