
ललितपर, १७ वैशाख – ललितपुर महानगरपालिका-२५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । नख्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो ।
मङ्गलबार गरिएको खानतलासीका क्रममा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रभागका इन्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्माले आज जानकारी दिएका थिए । उनका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसिबीको सहायताले खाल्टो खनेर पुरिएको छ । अखाद्य पदार्थबाट उत्पादित मदिरा सेवनबाट मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै गैरकानुनी कार्य भएकाले त्यस्ता पदार्थ नष्ट गर्नुपरेको प्रहरी निरीक्षक शर्माले स्पष्ट पारेका थिए ।
उनका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भई हाल नख्खुमा बसेर घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न हुँदै आएकी रविना तमाङसहित अन्यलाई गैरकानुनी गतिविधिमा नलाग्न सचेत गराइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोल’ मा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएर सौहार्दता कायम गर्न आफूहरू खटिरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक शर्माले समाजमा अशान्ति निम्त्याउने गतिविधिलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.