काठमाडौं – बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानले महिलाका हक अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको बताउका छन्। महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश उहाँले ती अधिकार राज्यका विभिन्न निकायमार्फत कार्यान्वयन भइरहेको बताएका छन्। प्रदेश प्रमुख देवकोटाले आज एक शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीलाई सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा महिलाले स्वतन्त्र रूपमा अधिकार उपभोग गरिरहेको उनको भनाइ छ । प्रदेश प्रमुख देवकोटाले कानुनी व्यवस्था हुँदाहुँदै पनि समाजमा कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण महिलामाथि हिंसा र अन्याय भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिको अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
“देशवासी सम्पूर्ण नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासका लागि समान सहभागिता आवश्यक छ, यस दिवसले महिलाको हकहित र सशक्तीकरणका लागि दीगो तथा प्रभावकारी पहल गर्न प्रेरणा मिलोस्”, उनको सन्देशमा उल्लेख छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.