न्युयोर्क (अमेरिका), ५ वैशाख – न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ ।
मिथिला सेन्टर युएसएले अपन फाउन्डेसनको सहकार्यमा न्युयोर्क तिब्बती सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न समुदायका ४० भन्दाबढी बालबालिकाको सहभागिता थियो । बालबालिकाले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १५ मा आधारित रहेर ‘जीवन र प्रकृति’ विषयमा आयोजित सिर्जनात्मक कला कार्यशालामा उत्साहपूर्वक भाग लिएका थिए । प्रसिद्ध मिथिला कलाकार एससी सुमनले बालबालिकालाई कलामार्फत वातावरणीय सन्देशहरू व्यक्त गर्न सहजीकरण गरेको थियो ।
कार्यक्रममा सहभागी सबै बालबालिकालाई न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाकोतर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै, लोककलामार्फत मिथिला सम्पदाको प्रवद्र्धन गरेको भन्दै कलाकार सुमनलाई र मिथिला सम्पदाको सौन्दर्यलाई जीवन्त तस्बिरमा उतार्ने फोटोग्राफर राज काफ्लेलाई पनि विशेष सम्मान गरिएको थियो ।
सहभागी बालबालिकाले कोरेका तीन कलाकृतिका लागि रश्मी गिरी, तेञ्जिन ल्हाजे किङ्गा र अष्टिन शाहलाई उत्कृष्ट छनोट गरिएको थियो । तीनै जनालाई ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिएको मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अमितप्रताप शाहले जानकारी दिएका थिए । उनले यस्तो कार्यक्रमले मिथिला सांस्कृतिक सम्पदाको संरक्षणका साथै नयाँ पुस्तालाई विश्वव्यापी विकास लक्ष्यहरूमा संलग्न गराई महत्वपूर्ण सन्देश प्रवाह भएको बताएका थिए ।
कार्यक्रममा न्युयोर्क सिटी मेयर कार्यालयका दक्षिण एशियाली समुदाय समन्वयकर्ता सुकरानी धनपुतले मेयरद्वारा जारी गरिएको मिथिला संस्कृति दिवसको आधिकारिक घोषणापत्र प्रस्तुत गर्दै आयोजक टोलीको कामको उच्च प्रशंसा गरेका थिए । त्यस्तै, न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाको कार्यालयका समुदाय निर्देशक दोल्मा लामाले कार्यक्रमप्रति समर्थन जनाउँदै सम्मानपत्र प्रदान गरेका छन् ।
न्युयोर्क तिब्बती सेवा केन्द्रका कार्यक्रम निर्देशक तेञ्जिङ छिरिङले यस्तो अन्तरसंस्कृति कार्यक्रम आफ्नै केन्द्रमा आयोजना हुन पाउँदा गौरव महसुस भएको बताएका थिए । कार्यक्रममा प्रमुख कलाकार सुमनले प्रवासी बालबालिकासँग आफ्नो ज्ञान बाँड्न र संस्कृतिप्रति जागरुक गराउन महत्वपूर्ण अवसर प्रदान गरिएको भन्दै आयोजकलाई धन्यवाद दिएका छन् । कार्यक्रम संयाजक प्रज्ञा पन्थीले बालबालिकाले कार्यशालाबाट कला र दिगो विकास लक्ष्यको ज्ञान प्राप्त गरेको बताएका थिए ।
कार्यक्रममा कलाकारहरू एससी सुमन, प्रतीक रायमाझी, शिवाङ्गी सिंह, सुभाद्री सुभा र राखी कर्णका जैविक विविधता, प्रकृति र वातावरणीय चेतनाबारेका मिथिला चित्रकलाको प्रदर्शनीसमेत गरिएको थियो । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.