
पञ्चपुरी (सुर्खेत), ६ जेठ – खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । सुर्खेत शिवशक्तिधाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका–१, २ र ३ मा रहेको सालकोट बृहत् खानेपानी आयोजनाको आज उद्घाटन गर्दै मन्त्री यादवले संविधानमा उल्लेख भएका जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार लागिपरेको बताउछन् ।
नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री यादवले भने, “खानेपानी आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ पानीको सहज पहुँच हुनेछ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ ।”खानेपानीमा जनताको पहुँच पुर्याउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारेका थिए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तनलगायत कारणले नागरिकले सुक्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेकाले समाधानका लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताउछन् । उनले भने, “यस पञ्चपुरी सालकोट बृहत् खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्षसम्मको खानेपानीको समस्या सामाधान गर्नेछ । सङ्घीय खानेपानी कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दिगो सञ्चालन हुने मैले विश्वास लिएको छु ।”
सालकोट बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकामा धन्यवाद व्यक्त गर्नुभएको थियो । उनले आगामी दिनमा यस्तो सेवा अन्य वडामा पनि विस्तार गर्न माग गरेका थिए । सालकोट बृहत् खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको तीन वडाका करिब दुई हजार ७७१ घरधुरीका कम्तीमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिएका थिए ।
कार्यक्रममा सङ्घीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिज्ला अधिकारी जगदीश्वर उपाध्यायलगायत स्थानीयवासी एवं जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस
SHARE
RELATED_NEWS

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.