• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

सिर्जनाले गुमाइन् जीवनसाथी, ब्रेन क्यान्सरसँग हारे विवेके

४ पुष २०८१, बिहिवार
53

काठमाडौं – ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ । निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पढाइमा निकै तेज पंगेनी भौतिकशास्त्रमा पीएचडी गर्न छात्रवृत्तिमा वि। सं। २०७९ मा अमेरिका गएका थिए । पार्किन्सन्सले थला परेकी आमाको मृत्यु भएपछि उनी नेपाल फर्किएका थिए । आमाको काजकिरिया सकेपछि अमेरिका फर्किने तयारीमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वास्थ्य परीक्षण गर्दा विवेकलाई ब्रेन ट्युमर देखियो । उनी क्यान्सरको चौथो स्टेजमा पुगेको रिपोर्ट आयो । त्यसलगत्तै उनी उपचारका लागि अमेरिका गए । पारिवार स्रोतका अनुसार विवेकको अमेरिकाको अस्पतालमा ७० प्रतिशत ट्युमर निकालिएको थियो ।

सामाजिक सञ्जालमा उनीहरूका धेरै शुभचिन्तक छन् । दम्पत्तिका रुपमा उनीहरू मुनामदन जस्तै भनेर धेरैले प्रंशसा गर्छन् । श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई खबर गरेकी थिइन् । परिवारका अनुसार विवेकका पिता मीनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेका छन् । चार महिनाअगाडि मात्रै विवेकका दाजु विपिनको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो ।

COMMENT

.