• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

१० वैशाख २०८२, बुधवार

खाँदबारी (सङ्खुवासभा), १० वैशाखः कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । 

आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिएका थिए । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ । रासस

COMMENT

.