
महोत्तरी, १७ वैशाख – बटुवालाई आज सातु र सर्वतले स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातुसर्बत प्रदान गरिएको छ ।
गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरिच एवं शीतलजल मिसाएर बनाइएको सर्वत दान गर्दा कहिल्यै नाश नहुने पुण्य आर्जन हुने जनविश्वास छ । पर्वमा कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गरिन्छ । मिथिला क्षेत्रका गाउँबस्तीका चोकचोकमा मैथिल र मिथिलानी सातुसर्वत लिएर बसेका छन् ।
“गर्मी छ, बाटो हिँड्नेले समयमा भोजनपानी समयमा पाउँदैनन्,”, बटुवालाई सातु, सर्वत खुवाइरहनुभएकी भङ्गाहा–४ रामनगरकी ७५ वर्षीया जानकीदेवी भने, “बटुवाले गर्मीमा सातु, सर्वत खान पाउँदा आशिष दिन्छन्, ।”यो पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि छ । मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा गरिएको बताउछन् । भगवान् शिव र पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण तथा गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गरेमा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता रहेको उहाँको कथन छ ।
गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धक जौँको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहलगायत शुभकार्यका लागि साइत हेर्न नपर्ने मैथिल मान्यता छ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.