काठमाडौं – आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले बताए । शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् ।बालकोट वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन् ।
छोराको लागी केही गर्न नसकेको भन्दै उनले लेखेकी छन्– ‘जीवनदेखि हार खाएँ ।’ ‘छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.