• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

ललितपुर पुगेर बालेनको कटाक्ष गर्दै ओलीले भने : तपाईंहरुले गरिबलाई लखेट्नु भएको छैन्

२ पुष २०८१, मङ्गलवार
34

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रम सहभागी भएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समते रहेको ओलीले काठमाडौं महानगरपालिका प्रति कटाक्ष समेत गर्न भ्याए ।

काठमाडौं महानगर प्रमुख बालेन शाहको निर्देशनमा नगर प्रहरीले गरिब जनतामाथि आतंक मच्चाएको ओलीको आंशय थियो । उनले ललितपुर नगर प्रहरीले जनताको ठेला नफ्याँकोले भन्दै प्रशंसा गरे ।

ओलीले भने, ‘ललितपुर नगर प्रहरी सम्मानित हुनुभएको छ, म धन्यवाद भन्न चाहन्छु । किनकि ललितपुर नगर प्रहरीले गुर्र जिपमा कुँदेर, अर्कै लोकको केही आए झैं गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिठ्ठी बजाउँदै आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै यस्तो गरेको मैले देखेको छैन ।’

उनले नगर प्रहरी आतंकको पर्याय नभएको पनि बताए । उनले थपे, ‘तपाईंहरुले जनताका लागि त्रास फिजाउने होइन । तपाईंहरुलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईंहरु जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ । ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन । कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस् ।’

उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । उनले भने, ‘हामी जनताका सेवक हौं । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’


COMMENT

.