• ६ वैशाख २०८३, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

७ कम्पनीको सेयरमा ‘सर्किट ब्रेक’, १० अर्ब नाघ्यो कारोबार

५ फागुन २०८१, सोमवार

काठमाडौं – सेयरबजारले फेरि २७ सय विन्दु पार गरेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको हो। साताको पहिलो दिन पनि नेप्से १९ अंकले बढेको थियो।

अघिल्लो दिन ९ अर्ब नाघेको कारोबार आज १० अर्ब नाघेको छ। सोमबार १० अर्ब ४ करोड ९६ लाख बढीको सेयर किनबेच भएको हो। योसँगै १६६ वटा सेयरको मूल्य बढ्दा ७४ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

यस दिन ७ कम्पनीको सेयरमा सर्किट लागेको छ। ६ वटाको सकारात्मक सर्किट र १ वटाको नकारात्मक सर्किट लागेको हो। सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ, दिव्येश्वरी हाइड्रोपावर छन्।

सप्तकोशीको सेयरमा नकारात्मक सर्किट लागेको हो। यसबाहेक गुमाउनेले अधिकतम ६ प्रतिशतसम्म गुमाएका छन्। आज कारोबारतर्फ नेपाल पुनर्बीमा कम्पनी अगाडि छ।

कम्पनीको ३२ करोडको सेयर किनबेच हुँदा लगानीकर्ताले सीईडीबी होल्डिंग्सको २७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टठको २६ करोड, रिलायन्स फाइनान्सको २४ करोड र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोको १७ करोडको कारोबार गरेका छन्।  आज जलविद्युत्, फाइनान्सको सूचक राताम्य छन्। 

COMMENT

.