.jpeg)
पर्वत,। खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको जिल्लामा कृषिजन्य वस्तुको निर्यातबाट रु ६५ करोडभन्दा बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१ र ८२ मा रु ६५ करोड ३० लाख ४७ हजारको कारोबार भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार आलु, धान, अलैँची, तकारीबाली, मकै र सुन्तला जातका फलफूलको बिक्रीबाट जिल्लाभरका किसानले उक्त कारोबार गरेका हुन् ।
यहाँबाट मुख्यतया आलु र सुन्तला बढी मात्रामा निर्यात हुने गर्छ भने धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ उत्पादन गरी बिक्री गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीका अनुसार गत आवमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको छ । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ ।
त्यसैगरी, जौँ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन, दलहन बाली पाँच सय २७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहन बाली तीन सय ६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन, सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा सुन्तलासहित अन्य जातका फलफूल गत आवमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयल जनाएको छ । कार्यालयका अनुसार आलुबाट गत आवमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख, अलैँचीबाट रु एक करोड ८१ लाख भित्रिएको छ । यस्तै धान, कोदो र मकैसमेत उल्लेख्य मात्रामा निर्यात भएको केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रले पछिल्ला आर्थिक वर्षहरुमा उत्पादनमुखी बालीनालीमा किसानहरूलाई आकर्षण बढाउँदै लगेको छ । यसका लागि किसानलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरेको छ । केन्द्रले गत आवमा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ । केन्द्रले गत वर्ष दुई सय तीनवटा मिनी पावरटिलर, २५ वटा कुटानी पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, सात सयवटा हिलट्याङ्क र तीन सय ६७ मिटर लामो कुलो मर्मतका लागि पनि अनुदान वितरण गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । यान्त्रिक उपकरणले किसानलाई लागत र समय घटाएको कार्यालयले जनाएको छ ।
पर्वतमा सञ्चालित मकै बीउ उत्पादन तथा मकैबाली प्रवर्द्धन आयोजना, परम्परागत बाली प्रवर्द्धन आयोजना, तरकारी, खाद्यान्न, फलफूल विकास प्रवर्द्धन आयोजनाजस्ता कार्यक्रम प्राथमिकतामा राखेर सञ्चालन गरिएको थियो । वर्षभरिमा दुई सय ८५ स्थानमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यालयले गत आवमा वित्तीय प्रगति ८० प्रतिशत र भौतिक प्रगति ८० दशमलव ७५ प्रतिशत गरेको जनाएको छ । गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आवका लागि रु पाँच करोड ६४ लाख १७ हजार बजेट विनियोजन भएको छभने सङ्घ सशर्ततर्फ रु २१ लख ४३ हजार बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.