सुन्दरहरैँचा (मोरङ), ६ वैशाख – मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा आजदेखि पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन प्रारम्भ भएको छ ।
‘उच्च शिक्षामा दिगोपनः स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ नाराका साथ आयोजित सम्मेलनमा शिक्षाका विविध आयामबारे छलफल हुनुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग अभिवृद्धिका सम्बन्धमा विचारविमर्श हुने सम्मेलन आयोजक समितिका संयोजक गणेशप्रसाद दाहालले जानकारी दिएका थिए ।
यसैबीच, सुन्दरहरैँचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता पनि आजै अपराह्नदेखि हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट आठ वटा फुटबल टिमबीच प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव खड्ग श्रेष्ठले राससलाई जानकारी दिएका छन् । यही वैशाख १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपाधि जित्ने टोलीलाई नगद रू चार लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिनेछ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.