काठमाडौं – नेपालमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने नेताहरु विरलै छन् । धेरै नेताहरु सकभर सरकारी गाडी, त्यो नभए निजी गाडीमा यात्रा गर्छन् ।
नेताहरु सार्वजनिक गाडी चढ्नु हाम्रा लागि अनौठो कुरा हुन थालेको छ । तर अस्ती भर्खर मात्रै शिक्षा मन्त्री पदबाट राजिनामा दिएकी सांसद विद्या भट्टराई टेम्पोमा यात्रा गर्दै गर्दा भेटिएकी छिन् । साधरण कुर्ता सुरुवाल लगाएकी पूर्वमन्त्री भट्टराई सर्वसाधरणसँग गफ गर्दै यात्रा गरिरहेको देख्न सकिन्थ्यो ।
पूर्वमन्त्री भएका पनि उनको अगाडी पछाडी सुरक्षाकर्मीहरुको लावालस्कर थिएन् । सायद उनले जनताकै माझमा आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गरेको हुनुपर्छ ।
भट्टराईले शिक्षकहरुको आन्दोलन रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले साथ नदिएका कारण राजिनामा दिएको कतिपयको बुझाइ छ । यदपी उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी थिइन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.