
काभ्रेपलाञ्चोक, २२ चैत – यहाँको २३ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नमूनाका ८८ स्थानबाट सङ्कलित खानेपानी परीक्षण गर्दा २३ प्रतिशत खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो ।
जिल्लाका १३ स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी आयोजनाका ८८ स्थानको पानी परीक्षण गर्दा २० स्थानको दूषित भएको पुष्टि भएको कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठले बताएका छन् । उनका अनुसार स्थानीय तहका विभिन्न उपभोक्ता समिति, खानेपानी संस्थान तथा अन्य स्रोतको पानी परीक्षण गरिएको हो । कार्यालयले नियमित खानेपानी परीक्षण गरिरहेको बताउँदै श्रेष्ठले प्रदूषित पानीमा दिशाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको जानकारी दिएका थिए ।
जिल्लाका स्थानीय तहमा गरिएका अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ, कतिपय स्थानमा निजी रुपमा वितरित खानेपानीमा कीटाणु भेटिएको श्रेष्ठले बताएका थिए। उनले भनेका छन्, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा नराम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको पनि हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।”
कार्यालयको प्रयोगशालमा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत नेपाली सेनाको गुल्म तथा ब्यारेक, नेपाल प्रहरी तथा स्थानीयको निजी इनारको पानी परीक्षण गरिन्छ । उक्त प्रयोगशालाको परीक्षणबाट दूषित पुष्टि भएको खानेपानीको स्रोतमा उपचारका विधि अपनाउन लगाइएको ल्याब टेक्निसियन निरीक्षक भोलानाथ पौडेलले बताएका छन् ।
कार्यालयले खानेपानीका स्रोत दूषित हुने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ । “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ भन्ने सन्देश दिइरहेका छौँ,” श्रेष्ठले भनेका छन्। उनका अनुसार दूषित पानीका कारण सबै उमेर समूहका व्यक्तिलाई हैजा हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो ।
स्थानीयस्तरमा पानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर जाने योजना बनाइएको श्रेष्ठले बताएका थिए। यस्तै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान पनि अनुरोध गरिएको छ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.