काँक्रेविहार (सुर्खेत), ८ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका निर्माण व्यवसायीसँग छलफल गरेको छ । प्रदेशका दश जिल्लामा वषौँदेखि अधुरै रहेका योजनाको प्रगति निराशाजनक देखिएपछि उनले आज निर्माण व्यवसायीसँग छलफल गरेको हो ।
मुख्यमन्त्री कँडेलले प्रदेशका पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्लास्थित कार्यालय प्रमुखसहित निर्माण व्यवसायीसँग छलफल गरेको हो । ठेक्का लिएर वर्षौँसम्म योजना अधुरै छाड्ने कार्य उचित नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले काम नगर्ने भए ठाउँ खाली गर्न व्यवसायीसँग आग्रह गरेको थियो ।
मन्त्री बुढाका अनुसार कर्णाली प्रदेशका विभिन्न ठाउँमा ३५ योजना अधुरै अवस्थामा छन् । ठूला आयोजना अधुरै रहँदा प्रदेशको विकास निर्माणमा बाधा पुगेकाले सरोकारवाला सबैलाई एकै ठाउँमा राखेर छलफल गरिएको उनले बताएका थिए । मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षको समय अझै बाँकी रहेकाले तीव्र गतिमा काम गर्न व्यवसायीसँग आग्रह गरेका थिए । प्रदेश सरकार निर्माण व्यवसायीलाई परेको मर्का र समस्या हल गर्न तयार रहेको उनको भनाइ थियो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.