
काठमाडौं – अहिले सामाजिक सञ्जालमा अभिनेता पल शाहको विवाहको खबरले चर्चा पाएको छ । केही समाञ्चार माध्यमले माघमा पल शाहले विवाह गर्न लागेको भन्दै समाचारहरु बनाइरहेका छन् । यस विषयमा मुख खोल्दै पलले समाचारको खण्डन गरेका छन् ।
उनले सतहमा आएका विवाहसम्बन्धी समाचारहरु असत्य भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो विहेको खबरले म आफैँ चकित छु । साथी भाईहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’
चर्चित सिनेपत्रकार प्रकाश सुबेदीले आफ्नो कार्यक्रम रजतपटमा एमालेकी एक विद्यार्थी नेतृसँग पलले विवाह गर्न लागेको जानकारी आफूले पाएको बताएका थिए । हिजो प्रसारित कार्यक्रममा उनले विहेको तयारी भित्रभित्रै जोडतोडले चलिरहेको पनि दाबी गरेका छन् । त्यसपछि अन्य सञ्चारमाध्यमहरुले पनि पल शाहको बिबाहको विषयमा समाचार लेखेको थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.