• ९ भदौ २०८२, सोमवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

१९ असार २०८२, बिहिवार

मेड्रिड (स्पेन), १९ असारः  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गरेका भिए । उनले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिएका थिए । 

प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिएका थिए । निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गरेका थिए । स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनका कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहनुभएका प्रधानमन्त्री ओली मेड्रिडमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । रङ्गशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी थिए । रासस

COMMENT

.