
काठमाडौं – भारतस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा अध्ययनरत विद्यार्थीको मृत्युबारे इन्स्टिच्युटका पदाधिकारीलाई बोलाएर घटनाबारे जानकारी लिएको बताएको छ ।घटनाका सम्बन्धमा राजदूत डा। शंकर शर्माले उडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरिएको शुक्रबार दूतावासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतस्थित नेपाली राजदूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार साथै उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ ।
‘घटनाबारे जानकारी प्राप्त हुनासाथ यस राजदूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालासँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो ।’ राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
घटना सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राजदूतावासलाई आवश्यक निर्देशन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ – ‘राजदूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको छ ।’ स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली विद्यार्थी प्रिशा साह इन्स्टिच्युटको छात्रावासस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनासम्बन्धी जानकारी दूतावासले बिहीबार प्राप्त गरेको जानकारी गराएको छ ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.