
महोत्तरी । मधेशको मिथिलाञ्चल क्षेत्र आज उत्सवमय बनेको छ । मङ्सिर शुक्लपञ्चमीका दिन मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको दिनको सम्झनामा आज मिथिला उत्सवमय बनेको हो । जनकपुरधाममा वैदिक विधिको मैथिल परम्पराअनुसार आज साँझ जनकपुरधामस्थित रङ्भूमि मैदानमा आयोजना हुने स्वयम्बर समारोह र त्यसपछि जानकी मन्दिरको विवाहमण्डपमा सम्पन्न हुने विवाह कार्यक्रम हेर्न यहाँका गाउँ÷नगर बस्तीबाट श्रद्धालु भक्तजन जनकपुर पुग्दैछन् ।
जनकपुरधामका दक्षिण र पश्चिममा पर्ने महोत्तरीका भङ्गाहा, लोहारपट्टी र पिपरालगायत क्षेत्रका स्थानीय जनकपुरतर्फ गइरहेका छन् । विवाहपञ्चमी उत्सवमा सहभागी हुन हिडेका सबैले एक स्वरमा ‘सीयावर रामचन्द्रकी जय १’ भन्दै जयजयकार गर्दैछन् ।“कई दिनस नियाइरक फुर्सत मिलैने छीं, आई त रामजानकीके विवाह देखब कहिक (कति दिन पहिलेदेखि फुर्सदको चाँजो मिलाएकी हुँ, रामजानकी विवाह हेर्न भनेर)”भङ्गाहा–३ बाट उत्सव हेर्न १५ जनाको समूहमा जनकपुर आउनुभएकी रामराजी यादवले भन्नुभयो, “हमरासभके मेला देखवाक याह एकटा अवसर अई (हामी गृहिणीका लागि मेलाजात्रा हेर्ने यही अवसर हो) ।”
आज बिहानैदेखि सार्वजनिक सवारीसाधनले पनि विवाह महोत्सवमा सहभागी हुनेलाई ओसारिरहेका छन् । महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबासलगायत क्षेत्रबाट जनकपुर जाने बसमा यात्रु कोचिएर यात्रा गरिरहेका छन् । यात्रुको चापलाई मध्यनजर गरी ग्रामीण क्षेत्रमा सार्वजनिक सवारीसाधन थप गरिए पनि अपूग भएको बलवा बजारका शिवनारायण झाले बताए ।
विवाहपञ्चमी उत्सवमा सहभागी हुन मधेशका अधिकांश जिल्लाका साथै छिमेकी मुलुक भारतका मधुवनी, सीतामढी, शिवहर, पूर्वी तथा पश्चिमी चम्पारन, दरभङ्गा, समस्तीपुर, मुजफ्फरपुरलगायत जिल्लाका श्रद्धालु सीमा नाकाबाट प्रवेश गरिरहेका उनले जानकारी दिए ।पछिल्लो एक दशकको तुलनामा भारतीय दर्शनार्थीको घुइँचो यस वर्ष बढेको भिठ्ठामोर भन्सार कार्यालय नजिक घर भएका रुपेश शर्माले बताउनुभयो । यस वर्ष प्रदेश सरकार, मिथिला क्षेत्रका स्थानीय तह र सम्बद्ध मठमन्दिरले तयारी थालेपछि महोत्सवको आकर्षण बढेको उनको भनाइ छ ।
जनकपुरधामबाट महोत्सव सुरु हुन केहीपूर्व मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोली अयोध्या गएर जन्ती आउने निमन्त्रणा दिनेदेखि तिलकोत्सव सम्पन्न भएपछि प्रचारप्रसार बढेको जलेश्वर–५ का पूर्वउपप्राध्यापक ध्रुव रायले बताए ।
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.