• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

साउदीबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स संक्रमण

६ असार २०८२, शुक्रवार

काठमाडौं – साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स ९एमपक्स० पुष्टि भएको छ । अहिले ती संक्रमित व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल उपचार भइरहेको छ ।एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा आज पुष्टि भएको हो ।अस्पताल स्रोतका अनुसार ती संक्रमितलाई क्याबिनमा राखेर उपचार भइरहेको छ ।यसवर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ ।

नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो।चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।यसवर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ । नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो।


COMMENT

.