
काठमाडौं, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
ललितपुरको खुमलटारस्थित निवासमा राष्ट्रिय समाचार समिति ९रासस०द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै अध्यक्ष दाहालले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकास निर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताएका थिए ।
अध्यक्ष दाहालले राससले पछिल्लो समयमा गणतन्त्रलाई सहयोग पुग्ने महत्वपूर्ण काम गरेको र त्यसको उदाहरणका रुपमा यो फोटो पुस्तकलाई लिन सकिने धारणा राखेका थिए । “गणतन्त्र स्थापनापछिको १६ वर्षको यस अवधिमा मुलुकको सभ्यता र संस्कृतिलाई जोड्ने र एक ठाउँमा ल्याउने सन्दर्भमा भए÷गरेका गतिविधिलाई पुस्तकमा समेटिएको छ । विकास निर्माणलगायत पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई जनमानसमा पु¥याई उनीहरूलाई बुझाउने काम पनि राससले गरेको छ । गणतन्त्रमा केही भएको छैन भन्ने कुरालाई पुस्तकले खण्डन गर्दछ ।”
समावेशी र सङ्घीय अवधारणा रासस अगाडि बढ्न खोज्नु सुखद पक्ष हो भन्दै उनले आफ्ना सेवालाई विशिष्टीकृत र विविधीकरण गरेकामा संस्थालाई धन्यवाद दिएका थिए । “मेरो नेतृत्वको सरकार रहँदादेखि नै राससलाई चिनिरहेको छु र पछिल्लो समय राम्रो काम गरिरहेको पाएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भने, “राससले व्यावसायिकता निर्वाह गर्ने प्रयत्न गरेको छ । सबैलाई समेट्ने जमर्को गरेको छ । नेपालमा मिडिया पुनःसंरचनाको कुरा बेलाबखतमा उठिरहेकै हो, त्यसै सन्दर्भमा राससले पछिल्ला दिनमा आफ्ना केही नयाँ सेवा पनि सुरुआत गरेको छ । मातृभाषामा समाचार सेवा थप गर्नाका साथै २४ घण्टे सेवा सञ्चालन गरिरहेको छ । जुन महत्वपूर्ण कुरा हो ।”
अध्यक्ष दाहालले फोटो पुस्तक देश चिनाउन विदेशी पाहुनालाई दिन उपयुक्त हुने भन्दै यसको बढीभन्दा बढी पुस्तक प्रकाशन गर्ने व्यवस्था मिलाउन राससलाई आग्रह गरेका थिए ।
फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले फोटो पुस्तकले गणतन्त्रको संस्थागत विकासका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले फोटो पुस्तक तयारी तथा छपाइ प्रक्रिया र समेटिएका विषयवस्तुबारे जानकारी गराएका थिए । यसैगरी कार्यकारी अध्यक्ष झाले राससको काम कारबाहीका बारेमा पनि अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।
उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.