
मोरङ, ६ असारः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणमा संवेदनशील रहेको बताएका थिए । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उनले सरकार आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाउँदै दुर्घटना न्यूनीकरणका लागि काम गरिरहेको बताएका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना न्यूनीकरण गरेका कामलाई सार्वजनिक गर्न निर्देशन दिएका थिए । उनले सार्वजनिक सवारीका धनीले सवारी चालकले सवारी सञ्चालनका क्रममा देखाउने व्यवहार, हाउभाउ सम्बन्धमा सचेत भई निगरानी गरेमा दुर्घटना कम गर्न सहयोग पुग्ने बताएका थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सवारी दुर्घटना, लागुपदार्थ दुर्व्यसन र आत्महत्या मुख्य चुनौतीका रुपमा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने जानकारी दिएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख गोविन्द अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले सवारी दुर्घटनाले जनधनको क्षति वृद्धि भइरहेकाले यसको न्यूनीकरण गर्न सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।सप्ताहव्यापी कार्यक्रमअन्तर्गत प्रदेशका १४ जिल्लामा दुर्घटना न्यूनीकरणको सचेतनालगायत विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा पाँच हजार १०० सवारी दुर्घटनामा ३८१ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.