
चैत १५,काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र स्वयं र दुर्गा प्रसाईंको संयुक्त आन्दोलन सुरु भएको बताएका छन् । ८६ वर्षीय पूर्वमहापञ्च नवराज सुवेदी नेतृत्वको राजा फर्काउने आन्दोलनमा जनपरिचालन कमान्डर तोकिएका प्रसाईंले राजा आफैँ आन्दोलनको अंश भएपछि अब गणतन्त्रवादीहरूका दिन सकिएको बताए । “गणतन्त्रवादी सिध्याउन एक्लो दुर्गा प्रसाईं काफी थियो । म एक्लैले गणतन्त्रवादीलाई आच्छुआच्छु बनाएको तपाईंहरूले देखिसक्नुभएको छ,” प्रसाईंले भनेका छन्, “अब त यो आन्दोलन दुर्गा प्रसाईं र राजाले संयुक्तरूपमा सुरु गरेको आन्दोलन हो । गणतन्त्रवादीले आफ्नो सुरक्षा खोज्दा हुन्छ ।”
यसअघि, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’का नाममा आन्दोलन गर्दै आएका प्रसाईंलाई राप्रपासहितका राजावादी पार्टीले बैंकको ऋण नतिर्ने अभियान चलाउने ‘फटाहा’ भन्दै आएका थिए । तर, उनै प्रसाईंसहितको योजनामा गत फागुन २५मा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रममा ठूलो संख्यामा मानिस सडकमा उत्रिएपछि राजावादीहरूले उनी समेतको संलग्नतामा नवराज सुवेदीको नेतृत्वमा नयाँ अभियानका लागि समिति गठन गरेका थिए ।
उक्त समितिले जनपरिचालन समिति प्रसाईंकै नेतृत्वमा गठन गरेपछि उनी उत्साहित भएका छन् । उत्साही प्रसाईंले विगतका कुनै पनि आन्दोलन स्वदेशमा बसेर स्वदेशीकै पहलमा नभएको भन्दै अहिलेको आन्दोलन भने त्यस्तो बनाएको बताए ।
“माओवादीले ०५२ फागुन १ गते आन्दोलन सुरु गरे के गरे । युद्ध त हामी लडेका हौँ, उनीहरू नोयडामा कपालमा महंगा तेल लगाएर बसे । यता गरिब तथा निमुखाहरू मारिए,” प्रसाईंले भने, “झापा आन्दोलन गर्ने अर्का कम्युनिष्टहरूले नेपाली उद्योगीहरूको टाउको काटेर आन्दोलन गराएर आफू बनारसमा बसे । अहिले मारवाडीहरूसँग व्यापार साझेदारी गरिरहेका छन् ।” उनले नेपाली कांग्रेसले पनि बनारसमा गएर पान खाएर यता आन्दोलन गरेको आरोप लगाए । तर, अहिले यहीँ बसेकाहरूले आन्दोलन गरेकाले अब विदेशीका ‘दलाल’ र मारवाडीका साझेदारहरूको भागाभाग हुने दाबी गरे ।
आन्दोलनमा कति मान्छे जम्मा गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “यो प्रश्न गणतन्त्रवादीहरूलाई सोध्नुस्, उनीहरूले कति ल्याउँछन् । हाम्रो त जनताको समर्थनमा भएको आन्दोलन हो, कति आउँछन् हामी नै हेर्दैछौँ ।”
राजावादीले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछन् । प्रदर्शन सुरु भइसकेको छ ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.