कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाएका थिए। घाइते लालबहादुरलाई धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो।
कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.